
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) र डिसहोमबीच भएको सम्झौता अनुसार आगामी शनिबारदेखि शुरु हुने एनपीएलका सबै खेलहरु डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी यूट्यूब च्यानलमा प्रत्यक्ष प्रशारण हुने छन् ।
डिजिटल स्ट्रिमिङको सम्झौता अनुसार एनपीएल-२०२४ का सम्पुर्ण खेलहरु डिशहोम गो एपबाट नेपाल भित्र जुनसुकै स्थानवाट हेर्न सकिनेछ ।
डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार नेपालको क्रिकेटको विकासका लागि सहयोग र प्रेरणा प्रदान गर्न डिशहोम सधैँ तत्पर रहेको छ । 'एनपीएल २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गर्नु ठूलो उपलब्धि हो । क्यानसंग भएको यो सम्झौताले नेपालभरीका क्रिकेट प्रेमीहरूलाई एकै स्थानमा जोड्ने छ,' उहाँले भन्नुभयो ।
क्यानसँगको यो साझेदारीले नेपालमा क्रिकेटको विकाशका लागि नयाँ युगको शुरुआत भएको डिसहोसमले बताएको छ ।
एनपीएल २०२४ मा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौँ , लुम्बिनी, पोखरा, र सुदूरपश्चिम गरी ८ फ्रेन्चाइज टिमले राउन्ड–रोबिन फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । कुल ३२ खेलको रोमाञ्चक यात्रा, त्रिवि क्रिकेट मैदानमा सम्पन्न हुनेछ ।
एनपीएलको पहिलो सिजन यही मंसिर १५ देखि पौष ६ गतेसम्म हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति