
सिमकोट । सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनलाई मतदान केन्द्रमा खटिने कर्मचारी छनोट भएको छ ।
उपनिर्वाचनका लागि कर्मचारी खटाउन निर्वाचन उपसमितिले सिफारिस गरेका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदर गरेको हो । मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले उपनिर्वाचनका लागि ७३ जना कर्मचारी खटाइएका बताउनुभयो ।
उहाँले निर्वाचनका लागि बाह्रवटा मतदान स्थलमा १३ वटा मतदान केन्द्र रहने बताउनुभयो । यसका लागि १३ जना मतदान अधिकृत, १३ जना सहायक मतदान अधिकृत, प्रत्येक मतदान केन्द्रका दुई जना सहायक कर्मचारी र एक–एक जना कार्यालय सहयोगी खटिने जानकारी दिनुभयो ।
भोलि मङ्सिर १२ गते कर्मचारीलाई मतदान सामग्रीसहित १३ वटै मतदान केन्द्रतर्फ परिचालन गर्ने कार्यक्रम छ । ती कर्मचारी सोमबारदेखि आन्तरिक प्रशिक्षणमा व्यस्त छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति