
तुलसीपुर । दाङको विकट क्षेत्र बबई गाउँपालिका–७ मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा पुगेको छ ।
त्यहाँ टेलिकम टावर नहुँदा फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपथ्र्यो । ‘हामी फोन गर्न घन्टौँ जङ्गल काटेर डाँडोमा जानुपर्छ’ स्थानीय बमबहादुर बुढाले भन्नुभयो– ‘टावर बनेपछि त्यो समस्या हटेर जानेछ ।’ त्यही ठाउँको कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ ।
त्यो टावर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आगामी वैशाखदेखि सुचारु गर्ने तयारी रहेको बबई–७ वडाध्यक्ष तिलकराम भण्डारीले बताउनुभयो । ‘यहाँको एउटा मुख्य समस्या भनेको फोन नलाग्ने समस्या हो’ उहाँले भन्नुभयो– ‘टावर निर्माण भइरहेको छ, वैशाखदेखि सेवा सुचारु गर्ने तयारी छ ।’
त्यहाँका बासिन्दाले पटक–पटक टेलिकम टावरको माग राख्दै सम्बन्धित निकाय धाउँदै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति