
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरिएको छ । सोमबार सुन्धारास्थित धरहरा परिसरमा आयोजित विशेष समारोहमा एनपीएलको ट्रफी सार्वजनिक गरिएको हो ।
ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले आजको दिन नेपालको खेलकुदका लागि महत्त्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । ऐतिहासिक धरोहरका रूपमा रहेको धरहराको काखमा एनपीएलको ट्रफी अनावरण गरिनु अर्थपूर्ण रहेको प्रधानमन्त्रीको धारणा थियो ।
कार्यक्रममा एनपिएलमा सहभागी हुने आठ टिमका मार्की खेलाडीको उपस्थिति थियो। ट्रफीको माथिल्लो भागमा कालापत्थरको ढुङ्गा राखिएको नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले जानकारी दिनुभयो ।
यही मंसिर १५ गतेदेखि हुने एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ। पुस ६ गते फाइनल प्रतियोगिता हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु