
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने बताउनुभएको छ ।
प्रधानमन्त्रीले शुक्रबार नेपाल एमालेद्वारा आयोजित जागरणसभालाई सम्बोधन गर्दै चीन भ्रमण अत्यन्त सफल हुने बताउनुभएको हो । प्रधानमन्त्री ओली मङ्सिर १७ गते छिमेकी मुलुक चीन भ्रमणमा जाने तयारी भइरहेको छ ।
प्रधानमन्त्रीले एमालेकोे काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले दरबारमार्गमा आयोजना गरेको जागरणसभामा आफ्नो चीन भ्रमण देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट्याउनुभयो । ‘मेरो यही मङ्सिर १७ गतेदेखि हुने छिमेकी मुलुक चीनको भ्रमण केवल घुम्नका लागि होइन’ कार्यक्रममा उहाँले भन्नुभयो– भ्रमण अत्यन्त सफल हुनेछ । भ्रमण देश र जनताको हितमा केन्द्रित हुनेछ ।’
प्रधानमन्त्री ओलीले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति