
काठमाडौँ । सत्तारूढ दल नेकपा एमालेले दरबारमार्गमा गरेको शक्ति प्रदर्शनका कारण आज दिनभर काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो । दरबारमार्गमा स्टेज बनाएर मुख्य सडक नै कब्जामा लिएको एमालेले भद्रकालीबाट र्याली निकालेको थियो ।
उपत्यकाको मुख्य स्थानमा सडक कब्जा गरेर सभा गर्दा ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण बन्यो ।
सत्तारुढ दलको प्रदर्शनकै कारण दिनभर जसो काठमाडौँका मुख्य स्थानहरू न्युरोड, सहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरबार लगायतका क्षेत्रमा अत्यधिक जाम भयो ।
एमालेको शक्ति प्रदर्शनका कारण आमनागरिकले भने दुःख पाएका छन्। ‘हाम्रै भोटले उनीहरू सरकारमा गए, अहिले आन्दोलन गरेर हामीलाई दुःख दिइरहेका छन्। आखिर यो शक्ति प्रदर्शन केका लागि ? ’ एक घण्टादेखि सुन्धाराको जाममा दोलखामा हरिशरण काफ्लेले भन्नुभयो ।
सत्तारुढ दलले नागरिक धम्क्याउन सरकारी स्रोत र साधनको चरम दुरुपयोग गरेर जनतालाई दुःख दिएको उहाँको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री