
काठमाडौँ । कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् ।
‘एकै स्वरमा कीर्तिपुर’ शीर्षकमा मङ्सिर २२ गते कन्सर्ट हुने भएको हो । कर्मा कीर्तिपुरमा स्थापना भएको ब्यान्ड हो । कुटुम्बसँग सहकार्य गरेर त्यो ब्यान्डले कीर्तिपुरवासीलाई सङ्गीतद्वारा मनोरञ्जन प्रदान गर्ने तयारी गरेको कर्मा ब्यान्डका गायक सुरेन्द्रमान सिंहले बताउनुभयो ।
आदि ग्रुप र एएसक्युको संयुक्त आयोजनामा कीर्तिपुरको ल्याबरोटरी विद्यालयको प्राङ्गणमा कन्सर्ट आयोजना गरिएको छ । कर्मा ब्यान्डको एकल प्रस्तुती सँगै कुटुम्बसित सहकार्य गरेर करिब आधा दर्जन गीत प्रस्तुत गरिने छन् । कार्यक्रममा विभिन्न जाति, समुदाय र विशेष गरी नेवार संस्कृति झल्किने नृत्य एवं झाँकी प्रस्तुत गरिने गायक सिंहले जानकारी दिनुभयो ।
कन्सर्टमा कर्मा ब्यान्डका गीतमा कुटुम्बको मौलिक धुन समावेश हुनेछ । ब्यान्डले ‘कहाँ होला घरबार’, ‘हुक्का मेरो डल्ले डल्ले’, ‘को हौ तिमी’, ‘मौनता’, ‘नयाँ सपना’, ‘यानीमाया’, ‘सुपारीदाना’ लगायत गीत प्रस्तुत गर्नेछ ।
कन्सर्टबाट प्राप्त रकम कीर्तिपुर नगरपालिकाको सामाजिक सेवा र विकासका काममा लगानी गरिने सिंहले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति