
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल–गोरुसिङ्गे सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुने गरी काम अघि बढाउन निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आज विश्व बैंकका सिनियर ट्रान्सपोर्ट विज्ञ आमले साजापाक्षेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा उहाँले सडकको दुवै किनारको काम सकेर मात्रै कालोपत्र उप्काएर काम अघि बढाउन निर्देशन दिनुभएको हो ।
‘बुटवल–नारायणघाट सडक विस्तार गर्दा जुन समस्या भोग्नुपर्यो, त्यो समस्यायता भोग्नु नपरोस्, काम गर्दा जनतालाई सास्ती होइन, सुविधा कसरी दिन सकिन्छ भन्नेमा ध्यान दिन जरुरी छ’ उहाँले भन्नुभयो– ‘आवागमनलाई कुनै बाधा नपुग्नेगरी सडक विस्तारको कामलाई गति बढाउने बारेमा धेरै विकल्प खोजेर काम गर्न जरुरी छ ।’
बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम ३४ अर्ब रुपैयाँ लगानीमा हुँदैछ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको चन्द्रौटासम्मको ६९ किलोमिटर सडक क्षेत्र छ । त्यो दुई लेनको सडक अब चार लेनको बन्ने छ ।
एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन गुड्नसक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री हुने जानकारी गराइएको छ । यो सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल–भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीसँग जोडिन्छ ।
राजधानी क्षेत्रमा सहज पहुँचका लागि यो सडक खण्डले महत्वपूर्ण योगदान पुर्याउने छ । यो सडक क्षेत्रभित्र पर्ने १० किलोटिरको करिडोरलाई हरित क्षेत्रका रुपमा विकास गर्ने योजना प्रस्ताव अघि बढाएको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले जानकारी दिनुभयो । मुख्यमन्त्री आचार्यले समस्या भएका क्षेत्रको पहिचान गरेर भू–क्षय नियन्त्रणदेखि पर्यटन विकाससँग जोडिएका क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभएको छ ।
सडक विस्तारमा विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ । सडक निर्माणको भौतिक काम २०२६ नोभेम्बरमा सक्ने लक्ष्य छ । पहिलो चरणमा बुटवलदेखि कपिलवस्तुको गोरुसिङ्गेसम्मको ५० किलोमिटरमा काम हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री