
रूकुम । रूकुमपूर्वस्थित पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीसहित ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
पुथा उत्तरगंगामा उपाध्यक्षका लागि मंसिर १६ गते हुने उपनिर्वाचनमा ७ उम्मेदवारमध्ये ५ जनाले बुधबार आफ्नो दर्ता फिर्ता लिएका हुन् ।
उपाध्यक्ष पदका लागि त्यहाँ अब नेपाली कांग्रेसको रूख चिह्नबाट उम्मेदवार बनेकी नेकपा एमालेकी केशकुमारी तुलाचन र नेकपा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढाको बीचमा मात्रै प्रतिस्पर्धा हुने भएको छ।
कांग्रेसको रूख चिह्नबाट चुनाव लड्ने गरी उम्मेदवारी दिएकी तुलाचन एमाले जिल्ला कमिटी उपसचिव हुनुहुन्छ । उहाँ एमाले भए पनि सहमतिमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचन लड्न लाग्नुभएको हो ।
पुथा उत्तरगंगामा २०७९ को स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा माओवादी केन्द्रकी भूपेन्द्रा बुढा निर्वाचित हुनु भएको थियो । उहाको गएको भदौ २८ गते सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त पद पूर्तिको लागि उपनिर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति