
नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम निर्माण योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने भएको छ ।
आज आयोजित वैकुण्ठधाम आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञानकथा यज्ञको समीक्षा बैठकमा मुख्यमन्त्री चेतनारायण आर्चायलेयोजनालाई प्रदेश सरकारले बहुवर्षीय आयोजनामा समावेश गरेर काम अघि बढाउने बताउनुभयो ।
‘यो निकै राम्रो सामाजिक कार्य हो । कुनै दलभन्दा पनि आमनागरिकको सहभागितामा अघि बढेकाले यस कामलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्नेछ’ उहाँले भन्नुभयो– ‘जग्गा प्राप्ति र विस्तृत परयिोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेर आयोजना कार्यान्वयनलाई अघि बढाउन जरूरी छ ।’ मुख्यमन्त्री आर्चायले महायज्ञबाट सङ्कलन भएको रकम लगायत सबै स्रोतको सही परिचालन गरेर आयोजना कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।
डुडुवा गाउँपालिका–५ स्थित राप्तीनदी तटमा वैकुण्ठधाम निर्माण गर्न थालिएको छ । विद्युतीय शवदाहगृहसहित किरियापुत्री घर, मन्दिर, सभाहल, ध्यान केन्द्र, पितृको मृत्युकर्म, सोह्र श्राद्धकर्म एवम् पितृ मोक्षका अन्य कर्मकाण्ड सम्पन्न गर्न मिल्ने गरी आध्यात्मिक उपवन ‘वैकुण्ठधाम’ आयोजना अघि बढाइएको जनाइएको छ ।
वैकुण्ठधाम निर्माणका लागि नागरिक सहभागिता जुटाउन कात्तिक २२ गतेदेखि महायज्ञ समेत सञ्चालन गरिएको थियो । त्यसबाट करिब २ करोड सङ्कलन भएको समितिका अध्यक्ष डा सुरेशकुमार कनौडियाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति