
मुगु । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारा, ६ महिनामा अवधिमा ६ हजार जना भन्दा बढीले अवलोकन गरेका छन् ।
रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ गतेदेखि पुस सम्ममा आन्तरिक पर्यटक ६ हजार ५ सय ५७, सार्क तथा विदेशी मुलुकबाट १ सय ५६ जनाले रारा अवलोकन भ्रमण गरेका छन् ।
निकुञ्जका संरक्षक अधिकृत राजु घिमिरेले चालु वर्षको ६ महिनामा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुनुले सुखद लक्षण देखिएको बताउनुभयो । उहाँले आन्तरिक मात्रै ६ हजार ५ सय ५७ जना पर्यटक यहाँ आएका जानकारी दिनुभयो । दशैँ तथा तिहार बिदामा रारामा आन्तरिक पर्यटक बढी आएका उहाँको भनाई छ ।
चालु आवको ६ महिनामा पर्यटकसहित अन्य शुल्क, सजाय, जरिवानाबाट निकुञ्जले करिब २२ लाख १८ हजार राजस्व असुल गरेको निकुञ्जको कार्यालयले जनाएको छ । गत वर्ष ११ हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ र अन्य विदेशी १ सय ८३ जना पर्यटक आएका थिए । कोरोना महामारीका कारण ४ वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र यस वर्ष भने पर्यटक आगमन बढ्ने देखिएको छ ।
निकुञ्जले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति १ सय रुपैया , सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति १ हजार ५ सय र अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति ३ हजार रुपैयँँका दरले प्रवेश शुल्क उठाउने गरेको अधिकृत घिमिरेले जानकारी दिनुभएको छ । उहाँका अनुसार यहाँ हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक भ्रमण गर्न आउने गरेका छन् ।
पर्यटन व्यवसायीले सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गरेका छन् । अर्कोतिर रारा क्षेत्रमा पर्यटकलाई बास बस्ने सुविधायुक्त होटल र मनोरञ्जनका साधनसमेत छैनन् । भरपर्दो सडक, सुविधा सम्पन्न होटल नहुँदा पर्यटकले बाटोमा सास्ती खेप्नुपरेको गुनासो सधैँ आउने गरेको व्यवसायी बताउँछन् ।
यस वर्ष जाडो याममा पनि यहाँ आउने पर्यटकको सङ्ख्या नघटेको घिमिरेले बताउनुभयो । विगतमा वर्षभरी आएकाभन्दा बढी पर्यटक चालु वर्षको ६ महिनामा आएकाले वर्षको अन्त्यसम्ममा १५, १६ हजार पर्यटकले रारा अवलोकन गर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । हिमपात भएमा हिउँ खेल्ने पर्यटक आउँदा यो सङ्ख्या अझ बढ्ने निकुन्जले अनुमान गरेको छ ।
यो बेला रारा क्षेत्रको तापक्रम रातिमा माइनस आठ र बिहान तथा दिउँसो माइनस पाँचसम्म पुग्ने रारा मौसम केन्द्रका अब्जवर वास्मती रावलले जानकारी दिनुभयो । ‘यति चिसो हुँदा पनि पर्यटकको आगमन कम भएको छैन’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- कसरी गरिरहेको छ ‘फ्री वाइफाइ’का नाममा वर्ल्डलिङ्कले गैरकानुनी धन्दा ?
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध
- काठमाडौँ महानगर प्रहरी प्रमुख पाण्डे कार्यालयमा हाजिर
- तीन दलका शीर्ष नेताको बैठक बस्दै