
सुदूरपश्चिम। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने ‘सुदूरपश्चिम रोयल्स’ क्लब र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) बीच ‘एजुकेसन पार्टनर’ का लागि सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौतापछि आज क्लबका मालिक स्वतन्त्रप्रताप शाहले सुदूरपश्चिममा क्रिकेटको विकास गर्ने लक्ष्य लिइरहँदा एसपिएसँग सहकार्य गर्न पाउनु उपलब्धिपूर्ण भएको बताउनुभयो । एसपिएका प्रबन्ध निर्देशक सुभाष शाहीले सम्झौताले क्रिकेटका माध्यमबाट खेलकुदलाई नयाँ उचाइमा पु¥याउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
एसपिएले नेपाल क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणाअनुसार धनगढी प्रिमियर लिग (डिपिएल) आयोजना गरेर नेपाली क्रिकेटलाई जीवन्त राखेको थियो । धनगढीलाई क्रिकेटको सहरका रूपमा चिनाउन एसपिएले निरन्तर योगदान दिइरहेको छ ।
‘सुदूरपश्चिम रोयल्स’को टोलीलाई सोमबार धनगढीमा स्वागत गरिएको थियो । यसअघि एनपिएलका लागि फ्रेन्चाइज टोली ‘सुदूरपश्चिम रोयल्स’ले धनगढीको क्रिकेट मैदानमा ‘ट्यालेन्ट हन्ट’ पनि पूरा गरिसकेको छ । रोयल्सले धनगढीको फाप्ला खेल मैदान र महेन्द्रनगरमा बन्द प्रशिक्षण थालेको छ ।
रोयल्सले आफ्नो कोटाका चार विदेशी खेलाडी ब्रान्डन मक्मलेन (स्कटल्याण्ड), सेफअलि जेब (इङ्ल्याण्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (युएई) लाई अनुबन्ध गरिसकेको छ । टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ हुनुहुन्छ । यही मङ्सिर १५ देखि आगामी पुस ६ गतेसम्म काठमाडौँमा हुने एनपिएलमा रोयल्स टोलीको प्रमुख प्रशिक्षकमा जगत टमटा हुनुहुन्छ ।
आठ टिमको सहभागिता रहने एनपिएलमा ‘सुदूरपश्चिम रोयल्स’को मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । उहाँ सुदूरपश्चिमवासी हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री