
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिककालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग समीप रहेको नेपाल संवत् हाम्रो देशको राष्ट्रिय र मौलिक संवत् भएको बताउनुभएको छ ।
समाज सुधारक शङ्खधर साख्वाः लाई राष्ट्रिय विभूति घोषणा गरिएको २५ वर्ष पुगेको अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उहाँले आफ्नै देशको नामबाट स्थापित विश्वको एउटै मात्र संवत् भएकाले नेपाल संवत् सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा पनि भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो– ‘बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक नेपालको सांस्कृतिक विविधतालाई एकताको सूत्रमा अक्षुण्ण राख्न नेपाल संवत्को भूमिका महत्वपूर्ण रहेको छ भन्ने मलाई लाग्दछ ।’
राष्ट्रपति पौडेलले शङ्खधर साख्वाःले आफूले आर्जन गरेको निजी सम्पत्तिलाई समाजका गरिब एवं उत्पीडित समुदायको हितमा प्रयोग गर्नु विश्वका लागि पनि एक उदाहरणीय कार्य भएको बताउँदै लोककल्याणकारी कार्य तत्कालीन नेपाली समाजका लागि आफैमा एक क्रान्तिकारी कदम भएको उल्लेख गर्नुभयो ।
बागमती प्रदेशका पर्यटन संस्कृति मन्त्री विमल ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश सरकारका मन्त्रीहरूको उपस्थिति थियो ।
त्यस अवसरमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकालाई सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति