+

प्रधानमन्त्री र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोन्स्टनबीच भेटवार्ता भएको छ । 

उहाँहरुबीच आज  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । भेटवातामा उहाँहरुबीच नेपाल–अष्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका साझा विषयमा विचार–विमर्श भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

नेपाल र अष्ट्रेलियाबीच ६४ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै