
भैरहवा । सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिसहोमको इन्टरनेट सेवा केन्द्र स्थापना गरिएको छ ।
नगरप्रमुख फणेन्द्रप्रसाद शर्माले डिसहोमको इन्टरनेट सेवा केन्द उद्घाटन गर्नुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, डिसहोमका कर्मचारीसहित सर्वसाधारणको उपस्थिति रहेको थियो । नयाँ सेवा केन्द्रले यहीबाट सैनामैना नगरपालिकाका ग्राहकलाई डिसहोमका विविध सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ग्राहकले यहाँबाट इन्टरनेटको नयाँ जडान, रिचार्ज, र टिभी जडान तथा रिचार्ज सेवा बुक गर्न सक्नेछन् । यस सेवा केन्द्रमार्फत अब सैनामैना क्षेत्रका स्थानीय ग्राहकको आवश्यकता समाधान गर्न र गुणस्तरीय सेवा सुविधा थपप्रभावकारी रूपमा प्रदान गर्न सहयोग गरिनेछ ।
डिसहोमको यो नयाँ शाखाले सैनामैना नगरपालिकाका नागरिकलाई डिजिटल सेवासम्बन्धी सहज पहुँच पुर्याउन महत्वपूर्ण योगदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति