
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपालले आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर ढुङ्गानाको पार्थिव शरीरमा माल्यार्पण गरी सम्मान व्यक्त गर्नुभएको हो ।
पूर्वप्रधानमन्त्री नेपालले स्वर्गीय ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै २०४६ सालको आन्दोलनलाई सकारात्मक विन्दुमा पु-याउन लोकतान्त्रिक योद्धाका रुपमा योगदान गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो– ‘संसदमा सभामुखका रुपमा निर्वाह गर्दा संसद् प्रतिपक्षको भएकाले उसका आवाज र भूमिकालाई उजागर दिनुपर्छ भन्ने मान्यतामा दृढ हुनुहुन्थ्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति