+

पूर्वी पहाडी जिल्लामा हिमपात

इलाम । इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । केही क्षेत्रमा वर्षासँगै हिमपात भएको हो । जिल्लाका पर्यटकीयस्थल सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका तथा देउमाई नगरपालिकाको माथिल्ला क्षेत्रमा मङ्गलबार साँझदेखि नै हिउँ पर्न थालेको छ । 

देउमाई नगरपालिकाको राँकेलगायत क्षेत्रमा हिउँ परेपछि सवारी साधन सञ्चालनमा  समस्या भएको  छ । हिमपातका कारण मेघमा, तुम्लिङ, टङ्लु, जौबारी, गैरीबास, फालुटक्षेत्रको जनजीवन प्रभावित भएको छ ।  बाक्लो हिमपातले गर्दा घर बाहिरको काम गर्न समस्या भएको स्थानीय लाक्पा शेर्पाले बताउनुभयो । यद्यपि हिउँले सुक्खा जमिन चिसो हुँदा किसानलाई भने राहत भएको उहाँ बताउनुहुन्छ । 

पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथरमा पनि मङ्गलबारदेखि नै हिमपात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट