
पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अयोध्या प्रस्थान गर्नुभएको छ ।
मुख्यमन्त्री सिंहसहित २ सय ५१ सदस्यीय प्रतिनिधिमण्डल मङ्सिर २१ गते हुने जानकी विवाह महोत्सवको निम्तो दिन वीरगञ्जबाट भारतको उत्तरप्रदेशको अयोध्यास्थित श्रीराम मन्दिरतर्फ प्रस्थान गरेको हो ।
विश्व हिन्दू परिषद् जनकपुरका प्रमुख सन्तोषकुमार साहले मुख्यमन्त्रीसहितको प्रतिनिधिमण्डल आज वीरगञ्जबाट रक्सौलनाका हुँदै अयोध्यातर्फ प्रस्थान गरेको जानकारी दिनुभयो ।
‘शनिबार जनकपुरबाट बाजागाजासहित प्रस्थान थालेका थियौँ । शनिबार बेलुका वीरगञ्जमा आएर बास बस्यौँ । आज रातिसम्म उत्तरप्रदेशस्थित अयोध्या पुग्नेछौँ । अयोध्या पुगेपछि मन्दिरका पदाधिकारीलाई जानकी विवाह महोत्सवको निम्तो गर्नेछौँ’ उहाँले भन्नुभयो– ‘सोमबार अयोध्यास्थित राममन्दिरमा तिलकोत्सवको आयोजना हुनेछ ।’
परम्परागत रूपमा आयोजना हुँदै आएको जानकी विवाह उत्सवमा सहभागी हुन प्रतिकात्मक रूपमा भगवान् श्रीरामका साथै चारै दाजुभाइ र रानीका लागि लत्ताकपडा, गरगहनासँगै माखन, दही, च्यूरा, फलफूलसहित मिष्ठान्न पकवान सौगात स्वरुप राममन्दिरका पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परिषद्का प्रमुख साहले जानकारी दिनुभयो ।
मुख्यमन्त्रीसहितको प्रतिनिधिमण्डलमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री मोहम्मदसकिल मियाँ, श्रम तथा यातायातमन्त्री कौशलकिशोर यादव, वन तथा वातावरणमन्त्री त्रिभुवन साहलगायत हुनुहुन्छ ।
साथै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी र जानकी मन्दिरका उत्तराधिकारी रामरोशनदास वैष्णवलगायत नागरिक समाजका प्रतिनिधि सहभागी छन् ।
विश्व हिन्दू परिषद् जनकपुरका प्रमुख साहले मङ्सिर २१ गते विवाहपञ्चमीको दिनमा अयोध्याबाट जनकपुरधाममा जन्ती आउने परम्परा रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री