
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले श्रीलङ्कामा हालै सम्पन्न संसदीय निर्वाचनमा नेशनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुई तिहाइ बहुमत हासिल गरेकामा बधाइ ज्ञापन गरेको छ ।
एमालेका महासचिव शङ्कर पोखरेलले आज विज्ञप्ति जारी गर्दै संसदीय निर्वाचनमा एनपिपी पार्टीको विजयले श्रीलङ्कामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय तथा आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।
बिहीबार (यही १४ नोभेम्बर) मा भएको निर्वाचनमा एनपिपी पार्टीले दुई सय २५ स्थानमध्ये एक सय ५९ स्थानमा जीत हासिल गरेको थियो । उहाँले जनताले रोजेको यस विकल्पलाई सही रुपमा सफल पारेर श्रीलङ्काले विश्वमै नमुना प्रस्तुत गर्न सकोस् भन्ने शुभकामना दिनुभएको छ ।
राजनीतिमा हावी परिवारवाद र चरम आर्थिक सङ्कटविरुद्ध दुई वर्षअघि श्रीलङ्काली जनताले गरेको आन्दोलनका कारण सत्ता परिवर्तन भई करिब दुई महिनाअघि (२१ सेप्टेम्बर, २०२४) मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा एनपिपीका नेता अनुराकुमार देशनायकेको विजय भएको थियो ।
‘हालै कम्युनिष्ट पार्टीले जनताको लोकप्रिय अभिमत र विश्वास हासिल गरेर राजनीतिक, सामाजिक एवं आर्थिक परिवर्तनको नेतृत्व गर्न खरो उत्रिनुपर्दछ भन्ने जननेता मदनभण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको मान्यतामा दृढ विश्वास राख्दै त्यसलाई कार्यान्वयन गरिरहेको हाम्रो पार्टी श्रीलङ्कामा हालै भएको निर्वाचन नतिजाप्रति खुशी प्रकट गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति