
मोरङ । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको सयम तोकिएको छ । आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तह उपनिर्वाचनअन्तर्गत कोसी प्रदेशमा एक गाउँपालिकाको अध्यक्षसहित आठ पदका लागि उपनिर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका साथै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३, झापाको कन्काई नगरपालिका–६, तेह्रथुमको लालीगुँरास नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र उदयपुरको बेलका नगरपालिका–९ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । आयोगका अनुसार ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा पनि उपनिर्वाचन हुँदैछ ।
ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दललाई उम्मेदवारीका लागि छुट्टाछुट्टै समय निर्धारण गरेको छ । शुक्रबार विभिन्न राजनीतिक दलसहितको सर्वदलीय छलफलको निर्णयअनुसार दलहरूलाई उम्मेदवारी दर्ता गर्न छुट्टाछुट्टै समय दिइएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने समय दिइएको छ । त्यस्तै, नेपाली कांग्रेसले २ बजे, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई २ः३० बजे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १२ बजे र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ११ बजे उम्मेदवारी दर्ता गर्नका लागि समय निर्धारण गरिएको अकिकृत पौडेलले बताउनुभयो ।
जनमत पार्टीलाई बिहान १०ः३० बजे, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लाई दिउँसो ३ बजे, नागरिक उन्मुक्ति पार्टीलाई ११ः३० बजे, मङ्गोल नेशनल अगनाइजेसनलाई १२ः३० बजे र समावेशी समाजवादी पार्टीलाई अपरान्ह् ४ बजे उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको छ ।
सहायक निर्वाचन अधिकृत पौडेलका अनुसार सर्वदलीय छलफलमा सहभागी राजनीतिक दलका लागि समय निर्धारण गरिएको र अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले निर्धारण गरिएको बाहेकको समयमा उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।
ग्रामथानको अध्यक्ष पदका लागि एमालेका तुलसीराम विश्वास, नेपाली कांग्रेसका बलराम सरदार, नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी, नेकपा ९एस०का दिलबहादुर विश्वकर्मा र राप्रपाका दिवेश थान्दारको नाम सम्बन्धित राजनीतिक दलले यसअघि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
अन्य दलले आजै उम्मेदवारी घोषणा गर्दै दर्ता गर्ने कार्यक्रम रहेको छ । ग्रामथानको उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता छन् । गत असार ३ गते ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति