+

कांग्रेसको १०० दिने अभियान पुनः शुरु

चितवन । नेपाली कांग्रेसले स्थगन गरेको १०० दिने विशेष अभियान पुनः शुरु गरेको छ । कांग्रेस चितवनले अभियानका बारेमा जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अभियान कात्तिक ३० गतेदेखि फागुन ७ गतेसम्म सञ्चालन गरिने जानकारी दिइएको छ ।  

असोज ६ गते शुरु गरेको अभियान वर्षातका कारण स्थगन गरिएको थियो । अभियानका लागि जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य इन्जिनियर मधु आचार्य आइसक्नुभएको छ । 

केन्द्रीय प्रतिनिधिका रुपमा आउनुभएका आचार्यको उपस्थितिमा यहाँका सात पालिका र ९८ वटै वडामा विभिन्न कार्यक्रम आयोजना गरी अभियान सञ्चालन गर्न लागिएको नेपाली कांग्रेसका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो । जिल्लाले सातै पालिका र ९८ वटै वडामा महाधिवेशन, महासमिति सदस्य, प्रदेश समितिका सदस्य र जिल्ला कार्यसमितिका सदस्यलाई प्रतिनिधिका रुपमा खटाइएको उहाँले बताउनुभयो ।

खटाइएका प्रतिनिधिले मङ्सिर १० गते एकैपटक सबै वडा तहमा बैठक राखेर अभियानको सुरुवात गर्ने छन् । यस्तै वडा, क्षेत्रीय समिति, प्रदेश समितिलगायतका संरचनाको बैठक भेलालगायत काम सञ्चालन गरिनेछ । यससँगै अभियानका क्रममा आम जनताका गुनासो सुनेर केन्द्रीय समितिमा प्रतिवेदनका रुपमा पेस गरिने केन्द्रीय सदस्य आचार्यले जानकारी दिनुभयो ।

जनताका गुनासोसँगै पार्टीले प्राथमिकताका आधारमा गर्नुपर्ने कामको रुपरेखा तयार गर्न सहज हुने उहाँको भनाइ छ । कांग्रेस सरकारमा रहेको अवस्थामा अहिलेको गठबन्धनलाई आम जनताको बुझाइ र भ्रम भए त्यसलाई चिर्न अभियान सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । आन्तरिक समस्या भए त्यसलाई समाधान गर्दै अघि बढ्न सहज हुने केन्द्रीय सदस्य आचार्यले बताउनुभयो । जनताका जायज गुनासो भए सम्बोधन गर्दै समाधानको पाटोमा पार्टीलाई लैजान अभियान फलदायी हुने उहाँले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै