
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दारितापूर्व आत्मसमीक्षा गर्दै समान विचार भएकाबीच साझा मतका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले भन्नुभयो– ‘इतिहासले जसलाई मिल्न भनेको छ, मिल्नुपर्छ, इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ, तिनीहरूसँग मिल्न हुँदैन ।’
नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा उहाँको स्मृतिमा प्रकाशित ‘स्मृतिमा अखिल सर’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू जनताको बीचमा निरन्तर जान पाउँदा सहज महसुस गरेको उल्लेख गर्नुभयो । ठूलो सङ्घर्षबाट ल्याएको व्यवस्थाको आफूलाई चिन्ता लागेको उहाँको भनाइ थियो ।
विचार, राजनीति, लोकतन्त्रबारे विगतमा हुने गरेको बहस तथा प्रभाव उच्चस्तरको रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्ला दिनमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा, स्वार्थ प्रेरित हुँदै गरेको आभास भएको बताउनुभयो । देशको राजनीतिक र जनताको अवस्थाको चित्रण गर्दा आक्रोश, आवेग, पलायनजस्ता प्रवृत्ति हाबी भएको तथा देश र जनताका लागि कतिबेला केकति आवश्यकता हो भन्नेबारेमा पनि मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वामपन्थ र लोकतन्त्रको मान्यतालाई समायोजित गरेर देशलाई अगाडि बढाउने उद्देश्यका साथ संविधान जारी भएको स्मरण गर्नुभयो ।
जनतामा फैलिएको अराजकतामा टेकेर देशलाई प्रतिगमनतर्फ लैजाने कोसिस सफल नहोस् भन्नेतर्फ पनि उत्तिकै सचेत हुनुपर्ने उहाँको भनाइ छ । पार्टीको केन्द्रीय सल्लाहकार र प्राध्यापक सङ्घको अध्यक्षका रूपमा हेर्दा ‘अखिल सर’ निष्ठावान कार्यकर्ताका रूपमा चिनेको स्मरण गर्नुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेल, राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलगायतले अखिलेश्वरलाल दासको बौद्धिक व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति