
बाजुरा । मङ्सिर १६ गते हुने स्थानीय तहको उप निर्वाचनका लागि यहाँका राजनीतिक दलहरुले उम्मेद्वारको टुङ्गो लगाएका छन् । स्वामीकात्तिक खापर गाउँपालिकामा हुने उपाध्यक्ष पदको निर्वाचनका लागि पाँच दलले उम्मेद्वारको टुङ्गो लगाएका हुन् ।
विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिकाकी उपाध्यक्ष मैनादेवी जोशीको विसं २०८० माघ ४ गते निधन भएको थियो । उक्त पदका लागि हुन लागेको उप निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले्, नेकपा माओवादी केन्द्), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा समाजवादी पार्टीले उम्मेदवार टुङ्गो लगाएका हुन् ।
नेपाली कांग्रेसले पुल्तीसरा शाही, नेकपा एमालेले सुलोचना भण्डारी (बुढा), नेकपा माओवादी केन्द्रले राजु विक, राप्रपाले सुनादेवी थापा (भोटे) र नेकपा समाजवादी पार्टीले जवा शाहीलाई उम्मेद्वार बनाएका हुन् । अघिल्लो निर्वाचनका बेला नेकपा समाजवादी र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो ।
उम्मेदवार घरदैलो अभियानमा
राजनीतिक दलले टुङ्गो लगाएका उम्मेदवारहरू जनतासँग भेटघाट तथा चुनावी अभियान लिएर घरदैलो कार्यक्रममा व्यस्त छन् । गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुने रणनीतिसहित दलका उम्मेदवार र नेता कार्यकर्ता मतदातासँग भेटघाटमा निस्किएका हुन् । उम्मेदवारले मतदातासँग शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतका क्षेत्रमा विकास गर्ने चुनावी प्रतिबद्धता लिएर मत माग्न थालेका छन् ।
विरासत फर्काउने दाउमा एमाले
लगातार ३२ वर्षदेखि एकलौटी रुपमा नेतृत्व गर्दै आएको नेकपा एमाले २०७९ को स्थानीय तहको निर्वाचनमा पराजित भएपछि पुनः विरासत फर्काउने उद्देश्यका साथ जुटेको छ । नेकपा विभाजित भएपछि स्वामीकात्तिकमा विरासत गुमाएको एमालेले उपाध्यक्ष पद जित्ने रणनीति बनाएर अघि बढेको नेकपा एमालेका जिल्ला अध्यक्ष लालबहादुर ओलीले बताउनुभयो ।
विसं २०७४ मा नेपाली कांग्रेसलाई पराजित भएको थियो । विसं २०७९ मा कांग्रेसले जितेको हो । अघिल्लो निर्वाचनमा तीन वडा र अध्यक्ष उपाध्यक्षसहित बहुमत प्राप्त नेपाली कांग्रेस भने उपनिर्वाचनमा उपाध्यक्ष पद जोगाउने कसरतमा छ । गाउँपालिकामा सात हजार चार सय ६० मतदाता सङ्ख्या छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति