
काठमाडौँ । नेपाल, जापान र दक्षिण कोरियाका कलाकारले संयुक्त रुपमा ‘के पप टुर इन नेपाल’ म्युजिकल कन्सर्ट आयोजना गर्ने भएका छन् ।
‘ग्राण्ड च्यारिट नेपाल’ले डिसेम्बर २० र २१ तारिखमा होटल हायातमा कन्सर्ट आयोजना गर्न लागेको हो ।
कार्यक्रममा जापान, दक्षिण कोरिया र नेपालका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने ग्राण्ड च्यारिट नेपालका अध्यक्ष विश्वमित्र सुवेदीले बताउनुभयो । ‘तीन देशको कूटनीतिक सम्बन्ध बलियो बनाउन साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागेका हौँ’ उहाँले भन्नुभयो– ‘कला र संस्कृतिले सम्बन्ध प्रगाढ हुन्छ भन्ने मान्यता स्थापित गर्न खोजेका छौँ ।’
उहाँका अनुसार कोरिया तथा जापानका केल्ट नाइन वी, बस्टर्च ग्रुप, डस्टिन ग्रुप, लभ वन ग्रुप, ‘सामुराई’ नामक ब्याण्डका कलाकारले प्रस्तुति राख्नेछन् ।
नेपालकोतर्फबाट कुटुम्ब ब्याण्डका साथै गायक दीपक बज्राचार्य र नेपाल आइटल करण परियारको प्रस्तुति रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति