
काठमाडौँ । सरकारले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यकामा सक्रियता बढाएको छ । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना स्थापना गरेको छ ।
लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाअन्तर्गत विभिन्न कार्यक्रम सुरु भएको छ । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्र्र्यका लागि एकीकृत सेवा पहुँच परियोजना लागू भएका पालिकाहरु धनकुटा नगरपालिका, उर्लाबारी नगरपालिका र मेचीनगर नगरपालिकामा परियोजना कार्यान्वयन युनिट स्थापना गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जानकारी दिनुभयो ।
त्यसैगरी मन्त्रालयले राष्ट्रिय लैङ्गिक परीक्षण ‘म्यानुअल’को मस्यौदा तर्जुमाको कार्य अगाडि बढाएको छ । मन्त्री सुडीले पछिल्लो चार महिनामा लैङ्गिक हिंसा निवारण कोष ९सञ्चालन० नियमावली, २०६७ बमोजिम औषधि उपचार, कानुनी परामर्श, मनोसामाजिक परामर्शका लागि तत्काल उद्धार तथा राहतबाट ११ जना र अदालतको फैसलाबाट ६३ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको जानकारी दिनुभयो ।
त्यसैगरी मन्त्रालयले हिंसापीडित महिला तथा किशोरीलाई सुरक्षित रुपमा पुनःस्थापना गर्न राष्ट्रियस्तरको ‘मङ्गला–सहाना दीर्घकालीन पुनःस्थापना केन्द्र’ सञ्चालन तथा व्यवस्थापन गरेको छ । बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१ निर्माणको अन्तिम चरणमा रहेको मन्त्री सुडीले बताउनुभयो ।
‘महिला समुत्थान परियोजना कार्यान्वयनका लागि सङ्घीय र लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेश सरकारबीच साझेदारी सम्झौता सम्पन्न भएको छ, यस परियोजनामाफर्त लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका विभिन्न १५ प्रहरी ईकाइभित्र महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र तीन स्थानमा प्रादेशिक दीर्घकालीन पुनःस्थापना केन्द्र निर्माण भइरहेका छन्’ मन्त्री सुडीले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति