
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले ‘बालवालिका ऐन, २०७५’ लाई संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘बालबालिकासम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँगको छलफल’मा सांसदले ऐन लागू भएको ६ वर्षमा धेरै विषय परिर्वतन भएकाले ऐन संशोधन गरी समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिएका हुन् ।
राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौलाले बालबालिकासम्बन्धी ऐन संशोधन गरी बालबालिकाको अर्थपूर्ण सहभागितालाई व्यवहारिक रुपमै कार्यान्वयनको पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
अर्का सांसद सुरेशकुमार आले मगरले बालबालिकासम्बन्धी ऐन, २०७५ मा कमीकमजोरी रहेकाले देशैभरका बालबालिकाको अवस्था बारेमा विस्तृत अध्ययन गरेर सुझावका आधारमा ऐन संशोधन गर्नुपर्ने बताउनुभयो । बाल अधिकारकर्मी अशोककुमार जैरुले बालबालिकासम्बन्धी ऐन संशोधन गरी अपाङ्गता भएका व्यक्तिको शिक्षाको अधिकारलाई प्रष्टसँग व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।
सांसद भगवती न्यौपानेले पछिल्लो समयमा कतिपय आमसञ्चार माध्यमले बालबालिकाको गोपनीयताको हकलाई बेवास्ता गरी समाचार सम्प्रेषण गर्ने गरेकाले ऐन संशोधन गरी त्यस सम्बन्धमा कडा कारबाहीको व्यवस्था गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति