+

एमालेको जागरणसभा तयारीका लागि संयोजन समिति गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको जागरणसभा तयारीका लागि संयोजन समिति गठन गरेको छ । 

नेकपा एमाले काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा मङ्सिर ७ गते काठमाडौँमा हुने जागरणसभाको तयारीका लागि आज बसेको बैठकले ११ सदस्यीय संयोजन समिति गठन गर्ने निर्णय गरेको हो ।

पार्टी महासचिव शङ्कर पोखरेलको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालयमा उपत्यका मातहत कमिटी, जनसङ्गठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले सभालाई भव्य र सुव्यवस्थित गर्नका लागि पार्टीको बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराईको संयोजकत्वमा जागरण सभा संयोजन समिति गठन गरेको छ । समितिको सहसंयोजक जिम्मा पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेललाई दिइएको छ । 

समितिका सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेबे, शमिक बडाल र जनक चौधरी रहनुभएको छ । 

जागरणसभा संयोजन समितिको आजै बसेको प्रथम बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको समितिका संयोजक डा भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै