
चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ सय ६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ ।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउनयता ३ हजार २ सय १७ जनामा परीक्षण गर्दा यो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार सङ्क्रमितमध्ये ३ सय ६ जना चितवनका हुन् भने तीन सयजना जिल्ला बाहिरका रहेका छन् । जिल्लामा सङ्क्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका एक सय ४६ जना र सबैभन्दा कम माडी नगरपालिकाका आठजना रहेका छन् ।
यस्तै रत्ननगर नगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ३० जना, राप्ती र कालिका नगरपालिकाका २७र२७ जना र इच्छाकामना गाउँपालिकाका २३ जना रहेका छन् । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ । साउनयता आएका बिरामीमध्ये तीन हजार दुई सय ८० जनामा डेङ्गीको संक्रमण पुष्टि भएको छ । १० हजार ५७३ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गीको संक्रमण पुष्टि भएको हो ।
जसमध्ये दुई हजार पाँच सय २० जना चितवनका रहेका छन् भने सात सय ६० जना जिल्ला बाहिरका रहेका छन् । जिल्लामा सङ्क्रमितमध्ये दुई जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित