
जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकाको लिम्साबाट जाजरकोट सदरमुकाम आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । सोमबार लिम्साबाट जाजरकोट सदरमुकामका लागि छुटेको बोलेरो जिप नलगाड नगरपालिका–४ बाउसे खोला जिरो प्वाइन्ट टोट्केमा दुर्घटना भएको प्रहरीको जनाएको छ ।
बोलेरोमा सवार ७ जना घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको छ । जिपमा सवार घाइतेलाई जाजरकोट अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो ।
घाइतेहरुमा बारेकोट गाउँपालिकाका ७० वर्षीय ओइला घर्ती, ७१ वर्षीय तुलसी पुन, ६० वर्षीय धनकली थापा, २२ वर्षीय आकाश घर्ती, ७८ वर्षीय निलु सिंह, ८० वर्षीय पद्मी घर्ती, ७० वर्षीय जैकली रोकाय सवार रहेका नलगाड नगरपालिका –४ का वडा अध्यक्ष बद्री पन्तले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित