
कर्णाली। कर्णाली प्रदेशरका मुख्यमन्त्री यामलाल कँडेलले कालीकोट जीप दुर्घटनाका घाइतेको प्रभावकारी रूमिा उपचार गर्न निर्देशन दिनुभएको छ ।
दुर्घटना भएलगत्तै उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुग्नुभएका मुख्यमन्त्री कँडेलले उपचार शीघ्र र प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो । उहाँले थप मानवीय क्षति हुन नदिने गरी चिकित्सकलाई उपचारमा खटिन आग्रह गर्नुभयो ।
आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपलिका–५ स्थित खिनदेखि थिर्पुअर्फ जाँदै गरेको क ००१ ज ५६ नम्बरको बोलेरो जीप सोही गाउँपालिका–३ को राडुनेटा भन्ने स्थान दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी पलाता गाउँपालिका–६ का दशकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, सोही पालिकाका–५ का छाया शाही र वडानं ३ का दमन रोकायाको घटनास्थल र चालक धनिराम रावतको उपचारको क्रममा सुर्खेतमा मृत्युु भएको जनाइएको छ ।
घाइते १२ जनाको उपचार भइरहेको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित