
काठमाडौँ । सरकारी कागजात कीर्ते र मानव तस्करी आरोपमा आज पक्राउ परेका कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गरिने भएको छ ।
काठमाडौँ जिल्ला अदालतले अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले अधिकारीलाई आज काठमाडौँ ल्याए लगत्तै जिल्ला अदालत पेश गरेको थियो ।
प्रहरीले अधिकारीलाई आइतबार नै मोरङको विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याएको हो। अधिकारी एउटा कार्यक्रममा भाग लिन जापान गएका बेला ३ जना अपरिचित व्यक्ति पनि उनीसँगै गएका थिए । उनीहरुलाई पैसा लिएर जापान लगेको खुलेपछि अधिकारीमाथि मानव तस्करीको आरोप लागेको हो ।
अधिकारीसँगै जापान गएका ३ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । उनीहरुलाई नेपाल फर्किँदा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित