
कास्की । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन प्रहरी हिरासतमा राखिने भएको छ ।
पूर्वउपप्रधनमन्त्री तथा गृहमन्त्री लामिछानेलाई कास्की जिल्ला अदालतले थप १३ दिन हिरासतमा राखेर अनुन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
पूर्वउपप्रधनमन्त्री तथा गृहमन्त्री लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले म्याद थप्न ।आइतबार चौँथोपटक कास्की अदातलमा उपस्थित गराइएको थियो । रास्वपाको पार्टी कार्यालय काठमाडौंबाटै कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो–सीआइबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरिरहेको छ। लामिछानेका आफन्तका कारोबार तथा विदेश रकम पठाएको तथ्य समेत खोजी गर्ने काम भइरहेको अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित