
प्रकाश बराल ‘आँशु’
कालीकोट । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १४ जना गम्भीर घाइते भएका छन् ।
घाइते सबैलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको छ । कालीकोटको पलाँता गाउँपालिका ३ राढुनेटामा कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बलेरो जीप आज दिउँसो दुर्घटना भएको हो।
प्रहरीका अनुसार मृत्यु हुनेमा जगवीरे सुनार, भगवती रोकाय, कुशुमकला शाही, पदम बम र दमन रोकाय रहेका छन् । मृतक एक जनाको पहिचान खुलिसकेको छैन ।
प्रहरीका अनुसार जीपमा २० जना सवार थिए । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित