
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र जनसमर्थन दबाउनका लागि सरकारले सुनियोजित रुपमा षड्यन्त्र गरी सभापति रवि लामिछानेलाई पक्राउ गरेको रास्वपाले ठहर गरेको छ। शनिबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले लामिछानेमाथि राजनीति प्रतिशोध साधिएको आरोप लगाएको हो।
रास्वपाले भनेको छ,’सभापति रवि लामिछानेविरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी यस कार्यको घोर भर्त्सना गर्दछ। यो कारबाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्म्याइँ छ।’
यस्तै, रास्वपाले दोस्रो चरणको आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको छ। साथै बैठकले रास्वपाको आन्दोलनलाई साथ दिन सम्पूर्ण नेपालीलाई आह्वान गर्ने पनि निर्णय गरेको छ।
‘रास्वपा आम नेपाली जनतालाई राज्यको यो खतरापूर्ण चरित्रलाई पहिचान गर्न आग्रह गर्दछ। तसर्थ रास्वपाले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साथै साझा राष्ट्रिय मुद्दाहरुमा केन्द्रित रही सञ्चालन गर्न गइरहेको दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आम नेपाली जनतामा हार्दिक आह्वान गर्ने,’ रास्वपाको निर्णय छ।
साथै स्थानीय तहको उपनिर्वाचनमा स्थानीय जनजीविकाका समस्या, राष्ट्रिय राजनीतिमा देखिएको स्वेच्छाचारी राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र संगठित भ्रष्टाचारका विरुद्ध आम जनसमुदायमा जागृति फैलाउने अभियान सञ्चालन गर्ने रास्वपाले निर्णय गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित