
उदयपुर। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशका दुई ठूला दल कांग्रेस र नेकपा (एमाले) हाल सरकारमा रहे पनि यी दुवै पार्टी नै मुख्य राजनीतिक प्रतिस्पर्धी रहेको बताउनुभएको छ ।
आज कांग्रेस त्रियुगा नगरपालिका–११ ले आयोजना गरेको स्वर्गीय बिपी कोइरालाको शालीक अनावरण कार्यक्रममा उहाँले बाध्यात्मक परिस्थितिमा दुई पार्टी मिलेर सरकार बनाउनु परे पनि आगामी दिनम यी दुवे पार्टी नै प्रतिस्पिर्धी भएको कुरालाई ध्यानमा राखी सङ्गठनका काममा लाग्नुपर्नेमा जोड दिनुभयो । “अहिले देशमा राजनीतिक अवस्था सङ्क्रमणको अवस्थाबाट गुज्रिरहेको छ । देशको राजनीतिक परिस्थितिले ठूला दल एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गर्न बाध्य हुनुपरेको छ तर यी दुई दल नै आगामी दिनमा राजनीतिक प्रतिष्पर्धी दल हुन् भन्ने कुरालाई बिर्सिनुहुँदैन”, नेता डा कोइरालाले भन्नुभयो,“आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनलगायत आगामी २०८४ सालको आम निर्वाचनमा हुने त्यही हो । त्यसैले यस कुरालाई ख्याल गरेर अगाडि बढ्नुपर्छ ।”
उहाँले सरकारमा रहेका पार्टीको प्रतिनिधित्व गर्ने नेताहरूले जनताले अनुभूति गर्ने गरी परिणाममुखी काम गर्नुपर्ने तथा आमकार्यकर्ताले सरकारले गुण र दोषका आधारमा सरकारका काममा खबरदारी एवं प्रशंसा गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, गुरुराज घिमिरे, कोशी प्रदेशका पूर्वमूख्यमन्त्री केदार कार्की, उदयपुरका कार्यवाहक सभापति भीमचन्द्र राई, नेता हरि भट्टराईलगायतले सम्बोधन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित