
कर्णाली। दैलेखदेखि सुर्खेत आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका-१४ सुर्खेतस्थित रातानाङ्लामा भएको दुर्घटनाका मृतकको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटनामा भैरवी गाउँपालिका-५ दैलेखका ३८ वर्षीय गाडी चालक सुरेश केसी, सोही गाउँपालिका-२ का ३६ वर्षीय कर्ण विष्ट, २१ वर्षीया सङ्गीता विष्ट र वडा नं १ का १७ वर्षीया दिपिका महताराको मृत्यु भएको हो ।
उहाँले भन्नुभयो, “दुर्घटनाको खबर आउनेबित्तिकै सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्कासहितको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले ३० जनालाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याउँदा चिकित्सकले चार जनाको मृत्यु भएको घोषणा गरेका थिए ।” घाइतेहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी आज दिउँसो दुर्घटना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन