
बागलुङ । बागलुङको बडिगाडमा श्रीमान्श्रीमती मृत फेला परेका छन् । जिल्लाको बडिगाड गाउँपालिका–१० निगलपानीका २२ वर्षीय जीवन परिवार र उहाँकी श्रीमती १९ वर्षीया सन्ध्या परियार आफ्नै घरमा मृत फेला परेका हुन् ।
बिहीबार साँझसँगै खाना खाएर सुतेका दम्पतीको मृत्युले सिङ्गो गाउँ नै शोकमा परेको छ । गाउँलेले प्रहरीलाई खबर गरेपछि शव उठाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।
दुई वर्ष अगाडि विवाह गरेको परियार दम्पतीको एउटा छोरी रहेको उहाँको भनाइ छ । अहिलेसम्म के भएर मृत्यु भएको पत्ता नलागेको भन्दै अनसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान् पोखरामा काम गर्नुहुँदो रैछ, केही दिन अगाडि आउनुभएको रहेछ, साँझ घरमा सँगै खाना खानुभएको रहेछ, केही खाना बाँकी रहेको देखियो, घटना कसरी भयो, अहिलेसम्म पत्ता लागेको छैन, हामीहरुले अनुसन्धान गरिरहेका छौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन