+

प्रस्तावित दुई न्यायाधीश संसदीय समितिबाट सर्वसम्मत

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित २ न्यायाधीश संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन हुनुभएको छ । 

सुनुवाइ समितिले सर्वोच्चका लागि प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले आज अनुमोदन गरेको हो । सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो । 

समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर राणाले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको जानकारी दिनुभयो । प्रस्तावित न्यायाधीशद्वयले न्यायालय सुधारका कार्ययोजना प्रस्तुत गर्नुभएको थियोे । समितिमा प्रस्तावित न्यायाधीश  निरौलाविरुद्ध २ वटा उजुरी समेत परेको थियो । 

समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट