
पाल्पा । जिल्लाको पर्यटन विकासका लागि आज यहाँ साइकलयात्रा शुरु भएको छ । मानव स्वास्थ्य र स्थानीय पर्यटकीय क्षेत्रलाई समेटेर ‘सम्पदा साइकल राइड’ आयोजना गरिएको हो ।
पाल्पा साइक्लिङ सङ्घको आयोजनामा तानसेनमा ‘स्वास्थ्य र पर्यटनका लागि साइकल चलाउने’ नाराका साथ प्रारम्भ भएको साइकलयात्रामा पाल्पाका साथ रुपन्देही, नवलपरासी, चितवन, काठमाडौँ, सिरहा, बाँके लगायत जिल्लाका ‘राइडर’ सहभागी छन् ।
बिहान ६ः०० बजे प्रारम्भ भएको साइकलयात्रा तानसेन, भैरवस्थान, लिस्नु भिर, अर्गली, रिडी, रानीमहल हुँदै तानसेन पुगेर समापन हुनेछ । जिल्लाका धार्मिक एवं पर्यटकीयस्थल रानीमहल दरबार, भैरवस्थान मन्दिर, पाल्पा दरबार सङ्ग्रहालय, अर्गेली दरबार, रुरु ऋषिकेश मन्दिर, रिडी, देवदत्तपार्क, लिस्ने भिरलगायत धार्मिक क्षेत्रको परिक्रमा गरिने सङ्घका अध्यक्ष रुपेश महर्जनले बताउनुभयो ।
यात्रामा १४ वर्षदेखि ६५ वर्षसम्मका राइडर सहभागी छन् । सहगाीमध्ये दुई जना अपाङ्गता भएका, एक जना महिला र एक जना विदेशी नागरिक छन् । साइकलयात्राले साहासिक खेलको विकासका साथै पाल्पाको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने उहाँको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन