
पोखरा । ज्यानमार्ने उद्योग मुद्दामा दोषी ठहर भएका दीपक मनाङे भनेर चिनिने गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङले अदालतमा आँफै उपस्थित हुने बताएका छन्
मनाङेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफूले अहिलेसम्म सर्वोच्चको फैसला प्राप्त नगरेको र प्राप्त हुना साथ अदालतमा उपस्थित हुने बताएका हुन् । ‘सर्वोच्चबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आँफै उपस्थित हुने छु’ मनाङेले जारी गरेको विज्ञप्ति उल्लेख गरिएको छ ।
मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध भएर गण्डकीमा विभिन्न पटक मन्त्री समेत बनेका दीपकलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो ।
उच्च अदालत पाटनले मनाङेलाई २०७८ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवालाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । मनाङेलाई अदालत त्यही मुद्दामा दोषी ठहर गरेको हो । अदालतले मनाङेलाई ५ वर्षको कैद सजाय तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन