
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई १ सय २६ रनको भारी आन्तरले पराजित गरेको छ ।
जितका लागि ३ सय २१ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रनमा समेटियो । मधेसका लागि पवन सराफले ८३ बलमा ७ चौका र ३छक्कासहित सर्वाधिक ६५ रन बनाए । मयन यादवले ३२ बलमा ६ चौकासहित ३२ बनाए । राजेश यादवले ४८ बलमा ५ चौकासहित ३२ रनमा अविजित रहँदा रुपेश सिंहले १८, विशाल पटेलले १७ तथा हरिशङ्कर शाहले ४ रन बनाए ।
आर्मीका लागि साहब आलमले ४विकेट लिए भने सोमपाल कामीले २ तथा जितेन्द्र मुखिया र कुशल मल्लले समान १, १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय २० रनको योगफल बनायो । आर्मीका लागि विनोद भण्डारीले ९३ बलमा ९ चौका र ६ छक्कासहित १ सय १३ रनको शतकीय पारी खेले । सन्तोष कार्कीले ४२, कुशल मल्ल र विवेक यादवले समान ३७, इमरान शेखले २६, भीम सार्कीले १८ तथा बसिर अहमदले १६ रन बनाए ।
आर्मीका लागि पाँचौ विकेटका लागि विनोद र कुशललले १ सय ३२ तथा पहिलो विकेटका लागि सन्तोष र इमरानले ५३ रनको साझेदारी गरेका थिए । मधेसका लागि रन्जित कुमारले ५ विकेट लिए भने विशाल पटेलले २ तथा राजेश यादव र रुपेश सिंहले समान १, १ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति