+

अर्घाखाँचीमा कार दुर्घटना हुँदा एकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ डिभर्नामा इन्डियन नं प्लेटको  कार दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सन्धिखर्क नगरपालिकास्थित ढुङ्गे देउरालीमा आज साँझ एचआर ५५ एयु ८७९३ नं को कार दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
मालारानीबाट सन्धिखर्क आउँदै गरेको कार दुर्घटना भएको र कार पूर्ण रूपमा क्षतिग्रस्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट