
काठमाडौँ । मुलुकको विभिन्न समस्याग्रस्त सहकारीबाट बचतकर्ताहरुको डेढ अर्ब रुपैयाँ भएको छ ।
विभिन्न समस्याग्रस्त सहकारीबाट बचतकर्ताले ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७ सय १० रुपैयाँ पाउनुपर्ने देखिएको तर त्यस मध्ये १अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८ सय ९९ रुपैयाँ बचत फिर्ता गरिएको सरकारद्वारा गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अनुसार फिर्ता भएको रकममध्ये १ अर्ब ४८ करोड ५१ लाख ३७ हजार ७१५ रुपैयाँको हिसाब राफसाफ भएको छ । थप ३ करोड १ लाख ९९ हजार रुपैयाँ आंशिक रूपमा फिर्ता गरिएको छ ।
समितिले समस्याग्रस्त घोषणा भएका सहकारीहरूको सम्पत्ति तथा दायित्व व्यवस्थापन गरी बचतकर्ताको बचत फिर्ता कार्य गर्दै आएको छ । समस्याग्रस्त २२ सहकारीका ६२ हजार ७ सय ६० बचतकर्तामध्ये ६ हजार १ सय ५५ बचतकर्ताको बचत रकम फिर्ता भएको समितिले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले २०८० सालपछि समस्याग्रस्त घोषणा भएका बाहेक ओरेन्टलसहित पुराना १२ सहकारीको बचत चालु आवभित्रै राफसफ गर्ने र १० सहकारीको भने चालु आवभित्र ५० प्रतिशत राफसाफ गर्ने सरकारको लक्ष्य रहेको जानकारी गराउनुभएको छ ।
समितिका अनुसार चालु आवमा १३ हजार ०७५ जना ऋणीको २३ अर्ब ६२ करोड ९७ लाख ५९ हजार ऋण असुलीका लागि अन्तिम कारबाही अगाडि बढेको छ । त्यो भनेको ऋणी र जमानतकर्ताको एकाघर परिवारको सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने हुनेछ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतमले तिहारपछि सहकारीका सञ्चालक समिति र ऋणी सदस्य एकाघर परिवार र जमानतकर्ताको जायजेथा लिलाम गर्ने, खाता रोक्का गर्ने गरेर रकम संकलन गरी बचत फिर्ता गरिने बताउनुभयो ।
समस्याग्रस्त सहकारीलाई बचतकर्ताको रकम फिर्ता गर्न ऋण कात्तिक १५ गते सम्मको समय दिएको र त्यसपछि सम्पत्ति रोक्का गरी लिलाम शुरू हुने उहाँले बताउनुभयो । ‘सहकारीको बचत फिर्ता राज्यबाट हुँदैछ, सहकारीबाट र तिनका सञ्चालक र ऋणीबाट असुल गरेर फिर्ता हुन्छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन