+

झोलुङ्गे पुल जीर्ण हुँदा आवतजावतमा समस्या

हुम्ला ।  सर्केगाड गाउँपालिकास्थित सर्केगाड बजारसँगै जोडिएको कर्णाली नदीको झोलुङ्गे पुल जीर्ण हुँदा आवतजावतमा समस्या भएको छ । 

विसं २०४० सालमा निर्माण भएको  झोलुङ्गे पुल मर्मतका लागि कसैले चासो नदिँदा जोखिमपूर्ण अवस्थामा वारपार गर्नुपरेको साँया स्वास्थ्यचौकीका इन्चार्ज बबरजङ पालले बताउनुभयो । झोलुङ्गे पुलको दाँया तर्फको जाली र लठ्ठा अडाउने पोल नभएका कारण आवतजावत जोखिमपूर्ण बनेको उहाँको भनाइ छ । 

पुलको बिच भागमा काठ राखिएको छ । काठ पनि कुहिन थालेको स्थानीयले बताएका छन् । यही पुलबाट हाल तीनवटा विद्यालयका विद्यार्थी, इलाका प्रशासनका कर्मचारी, प्रहरी चौकी, इलाका वन कार्यालयका कर्मचारी र सर्वसाधारण दैनिक आवतजावत गर्ने गर्छन् । 

झोलुङ्गे पुल मर्मत सम्भारमा समयमै ध्यान दिनुपर्ने र यसको विकल्पका रुपमा अर्को पुल निर्माण आवश्यक रहेको स्थानीयले बताएका छन् । यही पुल तरेर इलाका प्रशासन कार्यालयमा दक्षिणी भेगका चारवटा गाउँपालिकाका सेवाग्राही सेवा लिन आवतजावत गर्ने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट