
बागलुङ । बागलुङको काठेखोलाका सीमान्तकृत महिला तथा युवालाई घरबास ९होम–स्टे०मार्फत रोजगारसँग जोड्न थालिएको छ ।
गाउँपालिका वडा नम्बर ३, ५, ७ र ८ का करिब एक सय महिला तथा युवालाई रोजगारसँग जोड्न थालिएको हो । यहाँ गाउँपालिकासँगको साझादेरीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङको व्यवस्थापनमा रोजगारी सिर्जनाका लागि कार्यक्रम सञ्चालन भइरहेको छ ।
बसाइँसराइले उजाडिन थालेको गाउँमा घरबासमार्फत रोजगारी सिर्जना हुन थालेपछि स्थानीय उत्साहित भएका छन् । पर्यटकीय सम्भावना बोकेका वडा नम्बर ३ को धम्जा देउराली, ५ को बिहुँ, ७ को बौर र ८ को लेखानी गाउँका स्थानीयलाई घरबास सञ्चालनका लागि प्रेरित गरी रोजगार सिर्जना गर्न थालेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो ।
उहाँले बसाइँसराइले सुनसान बन्दै गएपछि घरबास सञ्चालनपछि धेरैलाई गाउँ फर्काउन सकिने अपेक्षा लिएको उहाँ बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो– ‘गाउँपालिकाले बसाइँसराइ रोक्नका लागि रोजगार सिर्जना गर्ने योजना बनाएको थियो, हाम्रो योजनालाई गैरसरकारी संस्थाले पनि सहयोग गर्नुभयो, त्यहीअनुसार यसवर्ष चार वडामा घरबास सञ्चालन गरेका छौँ, गाउँमै बसेर केही गर्न चाहने युवा र महिलालाई यसले ठूलो मद्दत गरेको छ, अन्य वडामा पनि सुरु गर्ने योजना छ ।’
हाल पालिकाका चार स्थानमा सामुदायिक एग्रो घरबास सञ्चालन गरेको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनकी कार्यक्रम प्रबन्धक ममिता पुनले जानकारी दिनुभयो । घरबास सञ्चालकलाई पाक कला, घरबास व्यवस्थापन, स्थानीय उत्पादनको प्रशोधन र प्याकेजिङ तालिम दिएको उहाँले बताउनुभयो । ‘घरबास सञ्चालनका लागि हामीले सञ्चालकलाई तालिम दिएका छौँ, गाउँमै जैविक उत्पादनका लागि प्लास्टिक टनेल, प्याकेजिङ मेसिन, तरकारीको बीउ र ड्राइमेसिन उपलब्ध गराएका छौँ’ पुनले भन्नुभयो– ‘सहयोग पाएपछि धेरै दाजुभाइ दिदीबहिनी उत्साहित भएर लाग्नुभएको छ, उहाँहरूलाई आयआर्जनसँग जोड्नका लागि निरन्तर सहयोग गर्दै जाने छौँ ।’
बौर सामुदायिक होमस्टेका अध्यक्ष होमबहादुर पुनले गाउँपालिका र संघसंस्थाबाट पाएको सहयोगले आफूहरूलाई उत्पादनमा लाग्न प्रेरणा मिलेको बताउनुभयो । संस्थाले दिएको तालिमले समुदायलाई एकताबद्ध भएर व्यावसायिक बन्न सिकाएको उहाँको भनाइ छ । हालै स्थापना गरेको घरबासलाई अब प्रचारप्रसार गर्ने र पाहुना भित्र्याउन तर्फ लाग्ने पुनले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित