
कर्णाली । कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले संसद् खोज पत्रकारिताको नियमित स्रोत भएको बताउनुभएको छ ।
संसदीय मामिला पत्रकार समाज कर्णालीद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘दुई दिने क्षमता अभिवृद्धि’ तालिमको उद्घाटन गर्दै उपसभामुख न्यौपानेले संसद्मा समाचारका लागि तमाम् विषय हुने र पत्रकारले तिनको उत्खनन गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो– ‘व्यवस्थापिका, कार्यकापालिका र न्यायपालिकामध्ये संसद् समाचारको महत्वपूर्ण क्षेत्र हो । यसमा पत्रकार तथा सञ्चारकर्मीले विवेकपूर्ण तवरले समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषण गर्नुपर्दछ ।’
कर्णाली प्रदेशसभाले खुला संसद्को अभ्यासलाई निरन्तरता दिएको बताउँदै उपसभामुख न्यौपानेले क्षमता अभिवृद्धि तालिमले पत्रकारको ज्ञान, सीप र लेखन कला अभिवृद्धिमा सहयोग र त्यसले संसदीय समाचारका विषय प्रकाशमा आउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) संसद् सहयोग परियोजनाको सहयोगमा सञ्चालित तालिममा प्रशिक्षक नारायण काफ्ले, शिव गाउँले, बिनु सुवेदी र कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले संसद्, संसदीय अभ्यास, कानुन निर्माण र यसका गतिविधिका विषयमा प्रशिक्षण दिने संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेश सुर्खेतका अध्यक्ष देव रानाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति