
रुकुम । कर्णाली प्रदेश सरकार रणनीतिक अस्पताल स्थापनाको योजनामा रहेको प्रदेश सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताउनुभएको छ ।
प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा विस्तार गर्ने उद्देश्यले रणनीतिक अस्पताल स्थापनाको योजना बनाइएको उहाँको भनाइ छ । आज रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै विभिन्न जिल्ला र विकट ठाउँमा पायक पर्ने स्थानमा त्यस्ता अस्पताल स्थापना गर्ने योजना रहेको उहाँको भनाइ छ ।
‘प्रदेशका सबै ठाउँमा भरपर्दो स्वास्थ्य सेवा पुग्न सकेको छैन । त्यो समस्या समाधानका लागि सरकारले रणनीतिक अस्पताल सञ्चालनको योजना बनाएको हो । सरकारले १२ स्थानमा यस्ता अस्पताल निर्माण गर्ने योजना बनाएको छ’ मन्त्री भण्डारीले भन्नुभयो ।
अस्पतालमा विशेषज्ञ सेवाप्रवाह गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ । ‘प्रदेशका सबै ठाउँमा विशेषज्ञ सेवा भएका अस्पताल पनि छैनन् । जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थामा पनि सुविधा नभएको पाइन्छ । जिल्ला अस्पतालसम्म पुग्न समस्या भएको छ । त्यस्ता ठाउँ छनोट गरेर हामीले विशेषज्ञ सेवा सहितका रणनीतिक अस्पतालको अवधारणा ल्याएका हौँ’ मन्त्री भण्डारीले भन्नुभयो ।
प्रत्येक तीन महिनामा प्रदेशभर नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने योजना पनि प्रदेश सरकारले बनाएको उहाँले बताउनुभयो ।
‘प्रदेश सरकारहरु गठन हुनुअघि निर्माण थालिएका तर निर्माण हुन नसकेका धेरै स्वास्थ्य भवन अलपत्र अवस्थामा छन् । उतिखेर भवन निर्माण गरिरहेका कतिपय कार्यालय सङ्घीयतापछि प्रदेशमा नहुँदा भवन निर्माणको काम अलपत्र परेका हुन् । त्यस्ता भवनको तथ्याङ्क सङ्कलन भइरहेको र अवस्था हेरेर निर्माणलाई निरन्तरता दिइने छल मन्त्री भण्डारीले भन्नुभयो ।
त्यस्तै ‘एक पालिका, एक नमुना विद्यालय’ स्थापना कार्यक्रम, प्रदेश अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्ने, प्रदेशमै स्वास्थ्यका दक्ष जनशक्ति उत्पादनमा प्रदेश सरकारको प्राथमिकता रहेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति