
महोत्तरी । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थापनाकालदेखि कांग्रेसको सङ्घर्ष समुन्नत लोकतन्त्रका लागि भएको बताउनुभएको छ ।
आज नेपाली कांग्रेस महोत्तरीको आयोजनामा सदरमुकाम जलेश्वरमा सुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले समयकालमा सङ्घर्षका स्वरुप फरक भए पनि सबैको निचोड समुन्नत लोकतन्त्र भएको स्पष्ट पार्नुभएको हो ।
“नेपाली कांग्रेसको जन्म नै जहानियाँ राणा शासन अन्त्य र प्रजातन्त्र स्थापनाका लागि भएको इतिहास छ”, उहाँले भन्नुभयो, “कांग्रेसले झण्डै आठ दशक जनताका प्रजातान्त्रिक अधिकार र तिनको संस्थागत विकासमा खर्चेको छ ।” पछिल्लो दशकमा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिको संस्थागत विकासका लागि आफ्नो दलले सम्पूर्ण ध्येय केन्द्रित गरेको उहाँको भनाइ छ ।
दुई दिने प्रशिक्षणमा जिल्ला कार्य समिति र स्थानीय तहमा रहेका समितिका पदाधिकारी तथा सदस्य सहभागी छन् । प्रशिक्षण कार्यक्रममा डा कृष्णप्रसाद पौडेल, डा सुरेश आचार्य, नेत्री नानु बास्तोला र डा अच्युत वाग्ले प्रशिक्षकको रुपमा रहनुभएको कांग्रेसका जिल्ला सभापति नागेश्वर यादवले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति