
काठमाडौँ । अन्य महिनाको तुलनामा पुसमा सङ्ख्यात्मकरूपमा कम चलचित्र छायाङ्कन हुने गरेको पाइन्छ । विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाङ्कनका लागि उपयुक्त मानिँदैन । किनकि दृश्याङ्कन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुले समेत प्रभाव पर्छ । यद्यपि प्रदर्शन मिति अगाडि नै घोषणा गरिँदा अहिले चार चलचित्रको छायाङ्कन भइरहेको छ ।
काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भइरहेको चलचित्र हो, ‘११ः५५’ । केशव पाण्डेको कथा र निर्देशनमा छायाङक्न भइरहेको उक्त चलचित्रमा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गरिरहनुभएको छ ।
अपराध, थ्रिलर, सस्पेन्स विधामा रहेर चलचित्र तयार गरिएकाले सोही सन्दर्भसँग मिल्दो नाम राखिएको निर्देशक पाण्डेले जानकारी दिनुभयो । ‘हाम्रो विषयअनुसार बढी छायाङ्कन रातमा गरिरहेका छौँ’ उहाँले भन्नुभयो– ‘हामीले रातकै दृश्य खिच्नुपर्ने भएकाले यही समय रोजेका हौँ ।’ यसको अन्तिम चरणको काम भइरहेको उहाँले जानकारी दिनुभयो । यस चलचित्रको पटकथा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले लेख्नुभएको हो ।
चलचित्र ‘मनसरा’को पनि काठमाडौँमा छायाङ्कन भइरहेको छ । उपेन्द्र सुब्बाको निर्देशनमा तयार भइरहेको त्यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानलगायतका कलाकारले अभिनय गरिरहनुभएको छ । यसको छायाङ्कन काठमाडौँ आसपासमा भइरहेको छ । यसको शीर्ष भूमिकामा अभिनेत्री मगर हुनुहुन्छ ।
रामबाबु गुरुङको निर्देशनमा तयार भइरहेको चलचित्र ‘डिग्री माइला ः एमए थर्ड क्लास’को दोस्रो चरणको छायाङ्कन ओखलढुङगास्थित रुम्जाटारमा भइरहेको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायतका कलाकारले अभिनय गरिरहनु भएको छ । यसको छायाङ्कन सकाएपछि अभिनेता राईले चलचित्र ‘मनसरा’ सुरु गर्नुहुने छ ।
शैक्षिक बेरोजगारीले युवामा पारेको मनोवैज्ञानिक प्रभावलाई चलचित्रको शैलीमा प्रस्तुत गरिएको निर्देशक गुरुङले जानकारी दिनुभयो । २०८१ सालवैशाख १ गते प्रदर्शन घोषणा गरिएका कारण पनि त्यो चलचित्र छिट्टै सकाउनुपर्ने दबाब निर्माण पक्षलाई छ ।
चलचित्र ‘फर्की फर्की’को पहिलो चरण पोखरामा छायाङ्कन सकिएको र काठमाडौँसँगै बाँकी काम छिट्टै शुरु गरिने निर्माता रोहित अधिकारीले जानकारी दिनुभयो । सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको सो चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, संवृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मालगायतका कलाकारले अभिनय गरिरहनुभएको छ । यो चलचित्र २०८१ सालको जेठ ११ गते प्रदर्शन गर्ने समय तय गरिएको निर्माता अधिकारीले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राजपत्र अनङ्कित कर्मचारीद्वारा आन्दोलन घोषणा, सेवा ठप्प पार्ने चेतावनी
- कश्मीरमा मारिएका सुदीप आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएका थिए
- तराईमा तातो हावाको लहर चल्नसक्ने चेतावनी
- प्रधानमन्त्री ओलीद्वारा जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलाको निन्दा
- आजदेखि शिक्षक आन्दोलनको समय तालिका हेरफेर
- अवरूद्ध दाउन्ने सडक दुईतर्फी सञ्चालनमा
- मिनीट्रक दुर्घटना हुँदा डोटीमा तीन जनाको मृत्यु
- युएईका उपप्रधानमन्त्री काठमाडौँमा, आज द्विपक्षीय वार्ता
- ‘आई लभ यू केपी बा’ भन्ने मान्छे खोज्दै हिड्नु देशकै लागि दुर्भाग्य : भुसाल
- कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ गतेदेखि सञ्चालन हुने