
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले जनताको सुरक्षा र मुलुकमा देखापरेका विषम परिस्थितिसंग समान गर्न नेपाल प्रहरी उच्च मनोबलका साथ खटिँदै आएको बताउनुभएको छ ।
६९औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले नागरिकको सुरक्षा सुनिश्चित गर्न आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरीको समर्पणभाव सबैको प्रेरणाको स्रोत रहेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो– ‘अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याति हामी नेपाली र हाम्रो राष्ट्र नेपालका लागि पुँजी रहेको छ । सीमित साधन र स्रोका बाबजुद यो पुँजी निर्माणमा राज्यले सुम्पेको जिम्मेवारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपाल प्रहरीले देखाएको कार्यकुशलताका लागि सिङ्गो प्रहरी सङ्गठनलाई म धन्यवाद दिन चाहन्छु ।’
मुलुकको विकास, समृद्धि र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरुरी रहेको चर्चा गर्दै उहाँले आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको प्रहरीको भूमिका अहं हुन्छ भन्नुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो– ‘नागरिकलाई कानुनी शासनको प्रत्याभूत हुनेगरी प्रहरी सबै खालका अवाञ्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रणमा पूर्ण सक्षम छ र सक्षम रहिरहनेछ भन्ने मलाई पूर्ण विश्वास लागेको छ ।’
बदलिँदो परिस्थितिमा सूचना प्रविधिको विकाससँगै अपराधका नयाँ÷नयाँ आयामहरू विकसित भइरहेको परिप्रेक्ष्यलाई दृष्टिगत गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरी आगामी दिनमा प्रविधिमैत्री संयन्त्र र विधिको भरपुर उपयोग गर्न अझ सक्षम बन्नुपर्नेमा उहाँको जोड रहेको छ ।
उहाँले संविधानतः प्रदेश मातहत प्रदेश प्रहरी रहने व्यवस्था भए पनि सङ्घीय कानुनको अभावमा प्रदेश प्रहरी प्रदेश सरकार मातहत अझै आइसकेको छैन भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति